माओवादी केन्द्र छोडेर एमालेको केन्द्रीय सदस्य बन्ने नेताहरुको सूची

तारकेश्वर २९, फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेताहरुले आफूलाई साथ दिएपछि माओवादीमा नफर्किएका २३ जना नेताहरुलाई एमालेको स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यमा चयन गरेका छन् ।
बालुवाटारमा शुक्रबार बसेको नेकपा एमाले ओली समूहको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्र छोडेका नेताहरुलाई मनोनित गरेको हो।
माओवादीबाट आएका रामबहादुर थापा बादललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ भने, माओवादी केन्द्रमा स्थायी कमिटी सदस्य रहेकाहरूलाई एमालेको पनि स्थायी कमिटी सदस्य बनाइएको छ ।
अन्य नेताहरूलाई एमालेको केन्द्रीय सदस्य बनाइएको छ ।
केन्द्रीय सदस्यको सूची :
१) रामबहादुर थापा
२) टोपबहादुर रायमाझी
३) लेखराज भट्ट
४) मणिचन्द थापा
५) प्रभु साह
६) टंक आङबुहाङ
७) पासाङ शेर्पा
८) ज्वाला साह
९) टेकबहादुर बलामी
१०) कमल जंग
११) मनोज थापा
१२) विषमलाल अधिकारी
१३) लिलाबहादुर थापा
१४) दधिराम न्यौपाने
१५) दिनेश पन्थी
१६) नवीन रोका
१७) धर्मराज रेग्मी
१८) डम्बर विष्ट
१९) गौरीशंकर थारु
२०) झपट बोहरा
२१) दावा लामा
२२) चन्द्रबहादुर खड्का