तारकेश्वर नगरपालिकामा नेकपा एमाले पार्टी कार्यालय पुनर्स्थापना

तारकेश्वर २९, फागुन । तारकेश्वर नगरपालिका नेपाल कम्युनिष्ट पार्टी एमाले नगर कमिटीको पार्टी कार्यालय पुनर्स्थापना गरेको छ ।

सर्वोच्च अदालतको फैसलापछि शनिबार ओली पक्षका नेता-कार्यकर्ताले विघटित नेकपा एमालेकाे कार्यालय पुन:स्थापना गरेका हुन् ।

तत्कालीन नेकपा एमाले नगर कमिटीका अध्यक्ष विदुर अर्यालको नेतृत्वमा नेकपा एमालेको बोर्ड र सुर्य चिन्ह अंकित झण्डा राखिएको हो ।

नगरपालिकाको वडा नं ८ स्थित जरङ्खुमा आज विहान भएको  पार्टी कार्यालय पुनर्स्थापना कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु र नेकपा एमालेका नेता कार्यकर्ता र स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो।

नेपाल र खनाल निकट एमालेको अनुपस्थित !

शनिबार नेकपा एमाले तारकेश्वर नगर कमिटीले आयोजना गरेको पार्टी कार्यालय पुनर्स्थापना कार्यक्रममा नेता माधवकुमार नेपाल तथा बरिष्ठ नेता झलनाथ खनाल निकट नेकपा एमालेका नेताहरु उपस्थित रहेका थिएनन् ।