नेकपा एमाले नेपाल–खनाल समुहले पत्रकार सम्मेलन गर्दै

काठमाडौं ३, चैत्र । नेकपा एमाले माधव कुमार नेपाल तथा झलनाथ खनाल समुहले पत्रकार सम्मेलन गर्ने भएको छ ।

चैत्र ४ गते बुधबार र ५ गते विहिबार राष्ट्रिय कार्यकर्ता भेलाको बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको माधव–खनाल समुहको एमाले स्रोतले बताएको छ ।

पत्रकार सम्मेलन ललितपुरको सानेपा हाइट स्थित हेरिटेज गार्डेनमा हुने बताइएको छ ।

मंगलबार निमन्त्रणा पत्र प्रकाशित गर्दै उपस्थिति हुन एमाले माधव–खनाल समुहको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।