तानपा वडा नं २ राजश्व संकलनमा नगरकै अग्रस्थानमा, फागुन महिनामा मात्रै साँढे १६ लाख संकलन

तारकेश्वर ३ ,चैत्र । तारकेश्वर नगरपालिकाको वडा नं २ ले फागुन महिनाको आम्दानी विवरण सार्वजनिक गरेको छ ।
वडाले सम्पत्ति कर भूमिकर र मालपोत , वहाल विटौरी कर, सिफारिस दस्तुर , व्यक्तिगत घटना दर्ता दस्तुर, व्यवसाय रजिष्ट्रेशन दस्तुर र अन्य दस्तुर गरि ७ ओटा शिर्षकमा राजस्व संकलन गरेको थियो ।
फागुन महिनामा वडाले सबैभन्दा बढी राजस्व सिपारिस दस्तुरबाट ११ लाख ५३ हजार ६३ रकम संकलन गरेको छ भने सबैभन्दा कम व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट ९ हजार १ सय २५ रुपैयाँ राजस्व संकलन भएको छ।
सम्पति करबाट १ लाख ६१ हजार २ सय ९८ र भूमिकरबाट २५ हजार ३ सय ७३ रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ। त्यस्तै विभिन्न शिर्षकमा राजश्व संकलन गर्दा तारकेश्वर नगरपालिकाको वडा नं २ ले चैत्र महिनामा मात्रै १६ लाख ३३ हजार ७ सय २० रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।
तारकेश्वरको २ नम्बर वडाले दोस्रो चौमासिकमा जम्मा ९३ लाख ५५ हजार ६ सय २७ रुपैयाँ राजस्व संकलन गरेको वडा नं २ का वडाध्यक्ष रविन्द्र केसीले तारकेश्वर अन्लाईनलाई बताए ।
वडा नं २ को फागुन महिनाको आम्दानी विवरण हेर्दा नगरपालिकामा धेरै मानिसहरूले विभिन्न प्रयोजनका लागि सिफारिस बनाएको देखिन्छ भने नगरपालिकामा व्यवसाय दर्ता भने थोरै संख्यामा मात्र भएको देखिन्छ।
तारकेश्वर नगरपालिकामा सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने २ नम्बर वडा नै भएको वडाध्यक्ष केसीले बताए । नगरपालिकाको आम्दानी विवरण हेर्दा पनि वडा नं २ को आम्दानी अग्र स्थानमा रहेको देखिन्छ ।
वडा नं २ आम्दनीको हिसाबले धेरै राजस्व संकलन गर्ने वडा भएपनि भौतिक पूर्वाधारमा सफल देखिँदैन।
३ चैत्र २०७७, मंगलवार