नुवाकोटमा चैतेधान धमाधम रोपाइ हुँदै

नुवाकोट ४, चैत्र । नुवाकोट जिल्लामा किसान चैतेधान रोप्न व्यस्त देखिन्छन्।

१२ ओटा स्थानीय तह रहेको नुवाकोटमा विदुर र बेलकोटगढी नगरपालिका,लिखु , तादी, पन्चकन्या, तारकेश्वर, र किस्पाङ गाउँपालिकाका कृषक यतिखेर चैतेधान रोप्न व्यस्त भएका हुन् ।

कृषि ज्ञान केन्द्र नुवाकोटका प्रमुख केशव खनालका अनुसार जिल्लामा ६ हजार हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिन्छ ।

नुवाकोट को उक्त क्षेत्रफलमा राम्रो धान उत्पादन हुने गरेको उनले जानकारी दिए । खनालका अनुसार जिल्लामा लगभग ४५ प्रतिशत चैतेधानको रोपाइँ सकिएको छ ।

विशेष गरी लिखु र तादीमा कन्चन, हिमाली धान लगाइएको कृषि ज्ञान केन्द्र नुवाकोटले जानकारी दिएको छ । लगभग चैत २२ गते सम्म चैतेधान रोपाइँ हुने खनालले बताए ।

धान रोपाइँमा खेत जोत्नको लागि जिल्लाको करिब ४ सय सहकारी र कृषि समूह तथा कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरिएको कार्यलयले बताएको छ ।