एमाले पार्टीमा गुटबन्दीको राजनीति गर्ने ओली मात्रै हो :वरिष्ठ नेता खनाल
काठमाडौं ४, चैत्र । नेकपा एमाले खनाल–माधव समुहले बुधबार पहिलो दिन सानेपामा राष्ट्रिय कार्यकर्ता भेला गरेको छ ।
उक्त भेलामा माधव कुमार नेपाल तथा झलनाथ खनाल निकट कार्यकर्ताको सयौंको संख्यामा उपस्थिति रहेको थियो ।
आजको भेलालाई ओली समुहको एमालेले गुटगत भेला भनेर बिरोध गरिरहेको भएपनि माधव कुमार नेपाल एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले गुटगत भेला नभएको स्पष्टोक्ति दिएका छन् ।
आजको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभाको अध्यक्ष समेत रहेका झलनाथ खनालले केपी ओलीलाई पार्टीमा गुटबन्दीको सुरुवात गर्ने नेताको संज्ञा दिएका छन् ।
ओलीले मदनभण्डारी फाउन्डेसन खोलेर गुटबन्दीको सुरुवात गरे: नेता खनाल
केपि ओलिले मदन भण्डारी फाउन्डेसन खोलेर गुटबन्दीको सुरुवात गरेको एमाले बरिष्ठ नेता झलनाथ खनालले दाबी गरेका छन् ।
ओलीले आफ्ना आसेपासेलाई पार्टीमा सल्लाह नगरी नियुक्त गरेको , आफ्नो गुटका नेतालाई मात्र राखेर क्याबिनेट बनाएको बताए ।
हरेक कुरामा ओलीले पार्टीको निति र कार्यक्रम विपरित एकलौटी ढंगले अगाडि बढ्न खोजेको भेलामा खनालले बताए।
पार्टी विधान र कम्युनिष्ट सिदान्तले मात्र पार्टी अगाडि बढ्छ: माधव कुमार नेपाल
कार्यक्रममा अर्का नेता माधवकुमार नेपालले पार्टीको विधान र कम्युनिष्ट सिदान्तले मात्र पार्टी अगाडि बढ्ने बताएका छन् ।