सानिमा बैंक शिवपुरी शाखाले गर्यो तलाखुमा वितिय साक्षरता कार्यक्रम

शिवपुरी चैत ९ नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिका सानिमा बैंक शिबपुरी शाखा द्वारा वडा न १ तलाखुमा यहीँ चैत ७ गते बित्तिय साक्षरता कार्यक्रम सम्पन गरेको छ। कार्यक्रममा हिल्छे महिला सहकारी संस्थाका सय भन्दा बढी सदस्य हरुको सहभागिता थियो। हिल्चे आधारभुत बिद्यालय का अध्यक्ष को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वडा अध्यक्ष महेन्द्रराज खत्री प्रमुख अथिती र हिल्छे महिला सहकारीकि अध्यक्ष सुनिता ठोकर बिशेश अथिती रहेेेेका थिए। उक्त कार्यक्रममा सानिमा बैंक का कर्मचारी हरुले रकमको बचत, बचत को भुक्तानी , कर्जा प्रबाह र digital banking को बारेमा जानकारी गराएका थिए। बित्तिय स्रोत साधन लाई कसरी प्रभावकारी रुपमा प्रयोग गर्न सकिन्छ भन्ने ज्ञान सहभागी लाई प्रदान गरियो। कार्यक्रममा बित्तीय शिक्षाको बारेमा बिशेश चर्चा गर्दै शिवपुरी सानिमा बैंकका शाखा प्रमुख रमेश पन्डितले ” सनिमा बैंक सङको नाता, हरेक शिबपुरीबासिको बचत खाता” भन्ने बैंक को मुख्य नारा रहेको कुरा बताउनु भयो। सबै शिबपुरीबासिलाई बित्तिय पहुचमा ल्याउने शिबपुरी गाउँपालिकाको अभियानमा हातेमालो गर्दै हरेक शिबपुरीबासीको हातहातमा banking सेवा पुर्याउने उधेश्य रहेको शाखाका प्रमुख पन्डितले तारकेश्वर अनलाइन लाई जानकारी दिए।