एमालेको नयाँ पार्टी कार्यालय थापाथलीमा सर्ने , ओलीले गरे पार्टी कार्यालयको अवलोकन

तारकेश्वर ११, चैत । नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय वैशाख १ देखि थापाथलीमा सर्ने भएको छ ।
थापाथली हाइटमा सेन्ट जेभियर्स कलेजनजिकैको भवनमा एमालेको पार्टी कार्यालय सर्न लागेको हो ।
बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले भवनको अवलोकन गरेका छन् ।
नेकपा एमालेको बल्खुमा रहेको पार्टी कार्यालय २०७२ सालको भूकम्पले भत्किएसँगै धुम्बाराहीको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनमा पार्टी कार्यालय सारिएको थियो ।
पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनमा डेढ वर्षको सम्झौता अवधि बाँकी छँदै थापाथलीमा कार्यालय सार्न लागिएको हो ।