अनेरास्ववियु नुवाकोटको जिल्ला अधिवेशन जेठ २८ र २९ गते हुने
नुवाकोट १४, चैत । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु नुवाकोटको १७ औ जिल्ला अधिवेशन आयोजना हुने भएको छ ।
अनेरास्ववियु नुवाकोटको जिल्ला अधिवेशन आगामी जेठ २८ र २९ गते हुन लागेको हो ।
ओली निकट अनेरास्ववियु नुवाकोट जिल्ला कमिटीको आज नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा बसेको बैठकले भेलाको मिति तय गरेको हो।
ओली निकट नेकपा एमालेका युवा नेता राजु तिवारीको प्रमुख आतिथ्यता एवं अनेरास्ववियु नुवाकोट जिल्ला कमिटी अध्यक्ष विष्णु हरि रिमाल सत्यको अध्यक्षतामा बसेको बैठकले ५००० सदस्यता वितरण गर्ने निर्णय गरेको अनेरास्ववियु जिल्ला सचिव प्रशान्त जंग पाण्डेले बताए ।
भेलालाई सम्बोधन गर्दै नेता तिवारीले विद्यार्थीको हकहित र अधिकार प्रतिष्ठा प्राप्ति संरक्षण एवं सम्वर्दनमा दृढताका साथ लाग्नु पर्ने बताए ।
बैठकमा बोल्दै अनेरास्ववियुका केन्द्रीय सदस्य विष्णु दाहाल, एमाले युवा नेता बाशुदेव गजुरेल, अनेरास्ववियु केन्द्रीय सदस्य पवन प्याकुरेल लगायत नेताले संगठनलाई गतिशिल बनाउनुपर्नेमा जोड दिएका छन् ।
नुवाकोटको विद्यार्थी संगठनमा पनि गुटको राजनिति सुरु
नुवाकोटमा आज भएको अनेरास्ववियु जिल्ला कमिटीको भेलामा माधव खनाल समुहका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थिएन ।
पार्टीमा देखिएको गुटबन्दीको असर नुवाकोटको विद्यार्थी संगठनमा प्रत्यक्ष देखिएको छ ।
१४ चैत्र २०७७, शनिबार