मंगलबार पनि सुनचाँदीको मूल्य घट्यो

तारकेश्वर १७, चैत । मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

आज छापावाला सुन तोलामा ५ सयले घटेर ८६ हजारमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ८५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोलामा १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।