लिखु गाउँपालिका र प्रभु बैंक बिच सहुलियतपूर्ण कर्जाको लागि सम्झौता पत्रमा हस्ताक्षर

नुवाकोट १८, चैत । लिखु गाउँपालिका र प्रभु बैंक बिच सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्वन्धि सम्झौता भएको छ ।
लिखु गाउँपालिका लघुउद्यम विकास कार्यक्रम समितिको आयोजना रहेको कार्यक्रममा प्रभु बैंक सँगको सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदानको सम्झौताको साथै गरिबी निवारणका लागि लघु उद्यम विकास नागरिकहरुमा लघु कर्जामा पहुँच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
मंगलबार प्रभु बैंकका जिएम निरजर लम्साल र लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ बिच साना व्यवसायीहरुलाई केन्द्रित गरि लिखु गाउँपालिकाको सिफारिसमा सहुलियत कर्जा दिने सहमति पत्रमा हस्ताक्षर भएको छ ।
आगामी दिनहरुमा साना उद्यमी तथा वैदेशिक रोजगारबाट फर्केकाहरुलाई बिना धितो ३ देखि ५ लाख सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको हो । यसमा ५ बर्षे किस्ता ऊपलब्ध हुने बताइएको छ ।
१८ चैत्र २०७७, बुधबार