अनेरास्ववियु (क्रान्तिकारी) नुवाकाेटकाे विस्तारित बैठक हुँदै

नुवाकोट १८, चैत । नेकपा-माओवादी सम्बद्ध विद्यार्थी संगठन अखिल नेपाल रास्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी )नुवाकोटको जिल्ला कमिटिको बिस्तारित बैठक आयोजना हुने भएको छ ।

बैठक चैत २१ गते शनिबार विदुरको होटल सप्तरङ्गीमा हुने आयोजक तथा अखिल नेपाल रास्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी ) का संयोजक विनोद कोइरालाले बताए ।

विद्यार्थी संगठनले बैठकमा सहभागी हुन जिल्ला कमिटी सदस्यहरु ,क्षेत्रीय पदाधिकारीहरु ,क्याम्पस/ उच्च माबिका पदाधिकारी लगायत अगुवा नेता -कार्यकर्ताहरूलाई निमन्त्रणा समेत गरिसकेको छ ।

चैत २१ गते शनिबार हुने भेलाले विद्यार्थी संगठन अखिल नेपाल रास्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी )नुवाकोटलाई मजबुत बनाउने तथा संगठन निर्माणमा सुदृढीकरण गर्ने संयोजक कोइरालाले तारकेश्वर अनलाईनमा बताए ।

नुवाकोटमा अरु विद्यार्थी संगठन भन्दाअखिल नेपाल रास्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी ) नै बढी लोकप्रिय देखिन्छ।

विद्यार्थीको वास्तविक समस्या र आन्दोलनलाई कोईरालाको नेतृत्वको संगठनले महत्व दिइएको संगठनका विद्यार्थीहरुले बताए।