लगातार घटिरहेको सुनको भाऊ बिहीबार बढ्यो

तारकेश्वर १९, चैत । नेपाली बजारमा हिजो सम्म लगातार घटिरहेको सुनको मुल्य बिहीबार बढेको छ ।

विहिबार सुनको मूल्य ९ सय रुपैयाँले बढेको हो । आज छापावाला सुनको मूल्य तोलाको ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुनको मूल्य तोलाको ८६ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलाको ११ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले बढेर तोलाको १२१० रुपैयाँमा कारोबार भइरहेको छ ।