अखिल (क्रान्तिकारी) नुवाकोट लिखुको संयोजकमा सन्तोष पन्त मनोनित

नुवाकोट २२, चैत । अखिल (क्रान्तिकारी) नुवाकोट लिखुको इन्चार्जमा अनिता भण्डारी र संयोजकमा सन्तोष पन्त मनोनित भएका छन ।

साथै शनिवार सम्पन्न भएको भेलाले जिल्ला कमिटीमा विनोद कोइरालाको संयोजकत्वमा ५१ सदस्यीय आयोजक समिति निर्माण गरेको छ।शनिबारको भेलाले आगामी जेठ २८ गते जिल्ला सम्मेलन हुने बताएको छ ।

हिजोको भेलाले नुवाकोटका   १२ ओटै स्थानिय तहमा ईन्चार्ज र संयोजक चयन गरेको लिखु गाउँपालिकाका संयोजक सन्तोष पन्तले बताए ।

लिखुका संयोजक पन्तले सानो उमेरमा स्थानीय तहको विद्यार्थी संगठनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । पन्तले शिक्षामा हुने व्यवसायिकरणलाई अन्तय गर्ने प्रतिबद्धता समेत जनाए।

 

२२ चैत्र २०७७, आईतवार