बिहिबार सुनचाँदीको भाउ बढ्यो

तारकेश्वर २६, चैत । बिहीबार सुनको भाउ तोलामा एक हजारले बढेको छ ।
बुधबार तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा एक हजारले बढेर ८९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएउको छ ।
बुधबार तेजाबी सुन तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलामा १२४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।