काँग्रेसले बोलायो तीन दलको बैठक

तारकेश्वर २७, चैत । नेपाली काँग्रेसले शुक्रबार प्रमुख तीन राजनीतिक दलसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने भएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार अपरान्ह ३ बजेका लागि नेकपा माओवादी केन्द्र) जनता समाजवादी पार्टी नेपालका शीर्ष नेतालाई छलफलका लागि आमन्त्रण गरेका छन ।

मुलुकको समसामयिक राजनीतिक परिस्थितिका बारेमा साझा धारणा बनाउने बैठकको आयोजना गरिएको नेपाली काँग्रेस स्रोतले बताएको छ । बैठकमा काँग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनबारे दुई दलको आधिकारिक धारणा माग्ने बताइएको छ ।

नेकपा माओवादी केन्द्रले काँग्रेसलाई सरकार गठन गर्न पहल गर्न आग्रह गर्दै आएको छ भने अर्को दल जसपा नयाँ सरकार गठनको बिषयमा विभाजित छ ।

जसपामा संघीय परिषदका अध्यक्ष डा। बाबुराम भट्टराई तथा अध्यक्ष उपेन्द्र यादव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने मत राख्दै आएको भएपनि अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष भने प्रधानमन्त्री ओलीसँग निकट देखिदै आएका छन् ।

आज बस्ने बैठकमा नयाँ सरकार बन्ने बिषयमा तीन दलबीच सहमति नभए माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर अघि बढ्ने संकेत गरेको छ ।