नेकपा एमालेको अधिवेशन आयोजक कमिटी नुवाकोटको अध्यक्षमा मैनाली र सचिवमा अधिकारी चयन

नुवाकोट २९, चैत । नेकपा एमालेको बाग्मती कमिटी अन्तर्गतका जिल्लाहरुको अधिवेशन आगामी भदौ भित्र गरिने भएको छ ।

शनिबार बसेको नेकपा एमाले प्रदेश कमिटीको बैठकले प्रदेश अन्तर्गतका सबै जिल्लाहरुमा अधिवेशन आयोजक कमिटी गठन गरेको हो ।

नुवाकोटको जिल्ला अधिवेशन आयोजक कमिटीको अध्यक्षमा बद्री मैनालीलाई मनोनित गरेको छ भने सचिवमा काशिराज अधिकारीलाई मनोनित गरेको हो ।

मैनाली गत पुस ५ मा नेकपा विभाजनपछि केपी ओली पक्षले बनाएको कमिटीको जिल्ला अध्यक्ष समेत भएका थिए । नुवाकोटमा अधिवेशन आयोजक कमिटीको अन्य पदाधिकारीहरुमा पूर्व जिल्ला कमिटीका सदस्यहरुनै रहने अध्यक्ष मैनालीले तारकेश्वर अनलाईनलाई जानकारी दिए।

अब छिट्टै जिल्ला कमिटीको बैठक बसेर पार्टीका आगामी कार्यक्रमहरुलाई नियमित गरिने र भदौमा अधिवेशन सम्पन्न गर्ने मैनालीले बताए