नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक वैशाख ६ र ७ गते बस्ने

तारकेश्वर ३०, चैत । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आगामी वैशाख ६ र ७ गते बस्ने भएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ६ र ७ गते बस्ने गरी महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका हुन् ।

hims school

बैठकमा समसायिक विषयमा पार्टीको धारणा तय गर्नुका साथै पार्टीको आन्तरिक कार्य बिभाजनसमेत गर्ने कार्यसूची रहेको छ । यसअघि एमालेको केन्द्रीय कमिटीको दशौं, एघारौं र बाह्रौं बैठकले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरी पार्टीमा अध्यक्ष र महासचिवमात्र पदाधिकारी रहने ब्यवस्था गरेको थियो ।

उक्त बैठकले एमालेको स्थायी कमिटी गठन गर्ने सम्भावना रहेको एमाले स्रोतका नेताहरुले बताइरहेका छन् । यसअघिको बैठकले स्थायी कमिटीको नाम तय गरी केन्द्रीय कमिटीमा प्रस्ताव गर्ने जिम्मा अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेललाई दिएको बताएको छ।