बागमती प्रदेश सभाको बैठक बस्दै

तारकेश्वर २, वैशाख । बागमती प्रदेशसभाको बैठक विहीबार दिउँसो एक बजे बस्ने भएको छ ।

प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिबाट यसअघि तय गरेका कार्यसूची अनुसार बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रले बैठक सन्चालनमा अबरुद्ध गर्दै आइरहेकोले पछिल्लो समय बैठक सन्चालन हुन नसक्दा प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पर्यटन विधेयक २०७७ रोकिएका छन् ।

माओवादी केन्द्रसहित नेपाली कांग्रेस र विवेकशील पार्टी लगायतका कतिपय सांसदहरुले मदन भण्डारी फाउन्डेसन र विद्युतीय बस खरिद प्रक्रियाका लागि प्रदेशसभा सरकारले उपलब्ध गराउन लागेको ५० लाख रुपैयाँ रोक्न माग गर्दै आएका छन् ।