गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

तारकेश्वर २, वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध विहिबार विपक्षी दलहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गरेको थियो ।
अधिवेशन अन्त्य भइसक्दा पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी लगाएतले अविश्वास प्रस्ताव दर्ता गरेका हुन ।
प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको छ ।
२ बैशाख २०७८, बिहीबार