शुक्रबार सुनको भाउ बढ्यो

तारकेश्वर ३, वैशाख । शुक्रबार सुनको भाउ बढेको छ । आज सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा हो ।
आज छापावाल सुनको भाउ हिजोको तुलनामा तोलामा सात सय रुपैयाँले बढेर प्रतितोला ९० हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
शुक्रबारको सुनको भाउ गत फागुन ११ गते यताकै सबैभन्दा धेरै भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।साथै शुक्रबार तेजावी सुनको भाउ ९० हजार रुपैयाँ कायम भएको छ ।
यस्तै आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर एक हजार तीन सय रुपैयाँ पुगेको छ ।