प्रधानमन्त्रीले अडान छाडेकोे भए नेपालमा विदेशीले सत्ता संचालन गर्थे :सांसद मैनाली

नुवाकोट ४, वैशाख । केपी ओली प्रधानमन्त्री भएको बेलामा काम भएन भन्नेहरुलाई राष्ट्रिय गौरव आयोजनाहरुको प्रगती प्रतिशत हेर्न नेकपा एमाले नुवाकोटका अध्यक्ष एवं प्रदेसशभा सदस्य बद्रि मैनालीले सुझाव दिएका छन् ।

नयाँ बर्ष २०७८ को शुभकामना आदान प्रदान तथा नेकपा एमाले लिखु गाउँपालिकाको पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेसशभा सदस्य मैनालीले वर्तमान सरकारको पालामा भएको जति बिकास अरु कुनै पनि सरकारको पालाम नभएको दावी गरे ।

प्रधानमन्त्रीले आफ्नो घर जोगाउन लिएको निर्णय सहि साबित भएको मैनालीको जिकिर छ ।

“प्रधानमन्त्रीले आफ्नो अडान छोड्नुभएको भए नेपालमा कमफ्रटेबल सरकार बन्ने र देश विदेशी देशहरुले संचाल गर्थे ।”- उनले भने ।

मैनालीले पार्टीलाई धोका दिनेहरुलाई कार्वाही गर्दै नयाँ ढङ्गबाट पार्टीलाई अगाडी बढाउनु पर्नेमा जोड दिएका थिए ।