गृहमन्त्री बादलको सांसद पद खारेज

तारकेश्वर, ५ चैत । गृहमन्त्री रामबहादुर थापा मगर बादल पदमुक्त भएका छन् ।
आइतबार राष्ट्रिय सभा सचिवालयले उनकोको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको हो ।
नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निस्कासन गरेको पत्र गत चैत २७ गते नै राष्ट्रिय सभा सचिवालयमा पठाएको थियो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजैबाट बादलको उक्त पद रिक्त हुने निर्णय गरेका हुन् ।
थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।