नेकपा एमाले नेपाल-खनाल पक्षले काठमाण्डौका १० निर्वाचन क्षेत्रमा संयोजक तोक्यो
तारकेश्वर ५, वैशाख । नेकपा एमालेका नेपाल– खनाल पक्षले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा संयोजक तोकेको छ ।
काठमाडौं जिल्ला कमिटीको बैठकले काठमाडौं क्षेत्र नं १ मा ओमकुमारी श्रेष्ठ, क्षेत्र नं २ मा रुद्र चापागाईं, क्षेत्र नं ३ मा विमल अर्याल, क्षेत्र नं ४ मा ध्रुवराज न्यौपानेक्षेत्र नं –५ मा आरके सेढाईं,क्षेत्र नं ६ मा लक्ष्मण बिडारी,क्षेत्र नं ७ मा सञ्जयराज शर्मा, क्षेत्र नं ८ मा दीपक महर्जन,क्षेत्र नं ९ मा ईश्वर बिडारी र क्षेत्र नं १० मा बटुकृष्ण थापालाई संयोजक तोकेको हो ।
५ बैशाख २०७८, आईतवार