माओवादी स्थायी समितिको बैठक बस्दै

तारकेश्वर, ६ वैशाख। नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सोमबार दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ ।

बैठकमा समसामयिक राजनीति र पार्टीको आगामी योजनाबारे छलफल हुने स्रोतले बताएको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सत्ता समीकरणको प्रयासबारे बैठकमा छलफल हुने माओवादी नेताहरुले बताएका छन ।

६ बैशाख २०७८, सोमबार