फेरी बढ्यो सुनको भाउ
तारकेश्वर ६,वैशाख । सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।
आइतबार तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९सोमबार० ३ सय रुपैयाँले बढेर तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो पनि सुनको मूल्य २ सय रुपैयाँले बढेको थियो ।
त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९० हजार ५ सय रुपैयाँ कायम भएको छ । आइतबार तेजावी सुनको मूल्य तोलाको ९० हजार २ सय रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो आइतबार तोलाको १ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।