माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

तारकेश्वर ६, वैशाख । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित भएको छ।

सोमबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक स्थगित भएको स्थायी कमिटी सदस्य गणेश साहले बताए।

बैठकमा कर्णाली विद्रोहसँगै अरु प्रदेशमा निम्तिएको समस्या तथा संघीय सरकारको समीकरणलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्ने बताइएको थियो।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै दिउँसोबाट लागू हुने गरी प्रतिनिधिसभाको जारी अधिवेशन अन्य गरेपछि माओवादी केन्द्रको निर्धारित स्थायी कमिटी बैठकसमेत स्थगित हुन पुगेको हो।

६ बैशाख २०७८, सोमबार