प्रधानमन्त्रि ओलीले खनाल-नेपाल पक्षका २७ जनालाई स्पष्टीकरण सोध्ने

तारकेश्वर ७, वैशाख । सत्तारुढ नेकपा एमालेले पार्टी हित विपरीत गतिविधि गरेको भन्दै पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल, योगेश भट्टराई लगायतका पार्टीका २७ नेता एवम् प्रतिनिधिसभा सदस्यहरुलाई दुई दिनभित्र स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।

वैशाख ६ गते सोमबार दिउँसो बसेको एमाले महाधिवेशन आयोजक केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको स्रोतले बताएको छ ।

हिजो सोमबार बसेको एमालेको केन्द्रीय कमिटीको बैठकले पार्टीका २७ नेताहरुलाई पुनः स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।