तोलामा १३ सयले बढ्यो सुनको मूल्य

तारकेश्वर ८,बैशाख । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ९० हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा १३ सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १५० रुपैयाँ रहेको छ ।