अखिल क्रान्तिकारी रसुवा जिल्ला ईन्चार्जमा प्रदिप शर्मा चयन

नुवाकोट, १० वैशाख । नेकपा माओवादी केन्द्रको विद्यार्थी संंगठन अखिल क्रान्तिकारी रसुवाको इन्चार्जमा प्रदिप शर्मा चयन भएका छन् ।

अखिल क्रान्तिकारीको हिजो बिहिबार सम्पन्न बैठकले शर्मालाई रसुवा जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो ।

लामो समय विद्यार्थी आन्दोलनमा लागेका शर्मा सहिद बैकुण्ठ कट्टेलका छोरा हुन् ।

अखिल क्रान्तिकारीको विद्यार्थी संगठनमा शर्माले विगत लामो समयदेखि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।

रसुवा जिल्लामा आखिल क्रान्तिकारीको संगठन विस्तारलाई तीव्रता दिने शर्माले तारकेश्वर अनलाईनलाई जानकारी दिए।