गण्डकीका मुख्यमन्त्री गुरुङले नियुक्त गरे चार मन्त्री

तारकेश्वर, ५ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गरेका छन् । गुरूङले चारजना मन्त्री नियुक्त गरेका छन् ।

आर्थिक मामिला तथा योजनामन्त्रीका रूपमा किरण गुरूङले सपथ लिएका छन् भने बाँकी तीनजनालाई विनाविभागीय मन्त्री बनाइएको हो ।

मुख्यमन्त्री गुरुङले यसअघि भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्साल र सामाजिक विकासमन्त्री रहेका नरदेवी पुनलाई विनाविभागीय मन्त्री बनाएका हुन् ।