विपक्षी दलको संयुक्त बैठक शुरु

काठमाडौं, ८ जेठ । विपक्षी दलहरको संयुक्त बैठक शुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसबारे धारणा बनाउन विपक्षी गठबन्धनको बैठक बसेको हो ।

बैठक नयाँ अन्तराष्ट्रिय सभा हल बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई सहभागी छन् ।