असंवैधानिक रुपमा भएको प्रतिनिधि सभा विघठन निन्दनिय छ : आखिल क्रान्तिकारी रसुवा

  1. विष्णु प्रसाद लामिछाने, ९ जेठ । आखिल क्रान्तिकारी रसुवाले गत शनिबार मध्यराति राष्ट्र प्रमुख विद्यादेवी भण्डारी र सरकार प्रमुख केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघठन असंवैधानिक अलोकतान्त्रिक र प्रतिगमनकारी कदम भएको बताएको छ ।

राष्ट्र प्रमुख र सरकार प्रमुखबाट भएको स्वेच्छाचारी र तानाशाही प्रवृत्ति निन्दनिय भएको आखिल क्रान्तिकारी रसुवा प्रदेश ‘क’ का इन्चार्ज तथा प्रचारप्रसार विभाग प्रमुख विष्णु प्रसाद लामिछाने बताए । 

आइतबार प्रेस विज्ञप्ति निकाल्दै लामिछानेले सरकार कोभिड १९ को संक्रमण नियन्त्रणमा भन्दा कुर्सीको लुछाचुँडीमा व्यस्त रहेको बताएका छन ।

आखिल क्रान्तिकारी रसुवा प्रदेश ‘क’ का इन्चार्ज तथा प्रचारप्रसार विभाग प्रमुख विष्णु प्रसाद लामिछानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ:

मिति २०७८ जेठ ८ गते मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा षड्यन्त्रपूर्वक गरिएको प्रतिनिधि सभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश , तनाशाहि, स्वेच्छाचारि र प्रतिगमनकारी कदमको हाम्रो संगठन अखिल क्रान्तिकारी जिल्ला कमिटी रसुवा घोर निन्दा र भत्सर्ना गर्दछ।

हाम्रो देश नेपाल हाल कोभिड-१९ महामारी को भयावह स्थितीबाट गुज्रिरएको र त्यसको प्रत्यक्ष प्रभाव आम नेपाली जनताले भोगिरहदा दैनिक सयौंको संख्यामा ज्यान गुमिरहेकोे परिवेश हामी समक्ष प्रष्ट छ ।

कोभिड-१९ को संक्रमण फैलन नदिन र संक्रमितहरुलाई उचित उपचार तथा व्यवस्थापन गर्नु भन्दा पनि कुर्सि र शक्तिको खेलमा अग्रसर केपी ओली सरकार र केपी प्रवृत्तिलाई सधैंका लागि अन्त्य गर्न जरुरी छ।

नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न राष्ट्रपति र प्रधानमन्त्रीबाट गरिएको प्रतिगमनकारी कदमको विरुद्धमा उभिन र राष्ट्रिय स्वाधीनता, संबिधान, सर्वोच्चता र लोकतन्त्रको पक्षधर सबै आम जनसमुदायहरु र विद्यार्थी, युवाहरुलाई हार्दिक अनुरोध गर्दछु। 

९ जेष्ठ २०७८, आईतवार