सुनको मुल्य ह्वात्तै बढ्यो

काठमाडौं, १३ जेठ । बिहिबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै बढेको छ ।
आज छापावाला सुन तोलामा ७ सय रुपैयाँ बढेर प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ७ सय रुपैयाँ बढेर प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजचाँदीको मुल्य भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।
१३ जेष्ठ २०७८, बिहीबार