अर्थमन्त्री पौडेलको दावी : कोरोना महामारीका बीचमा पनि अर्थतन्त्र राम्रो 

काठमाडौं, १५ जेठ । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले कोरोना महामारीको बीचमा पनि नेपालको अर्थतन्त्र राम्रो भएको दाबी गर्नुभएको छ ।

बजेट भाषण गर्दै अर्थ मन्त्री पौडेलले आर्थिक वृद्धिदरमा केहि समस्या रहे पनि अर्थतन्त्रका सूचक भने राम्रो रहेको दावी गर्नुभयो ।

मूल्यवृद्धि, सरकारी खर्च, वैदेशिक सहायता, पुँजीबजार लगायतका सूचक सकारात्मक रहेको पौडेलको भनाइ छ । निर्यात बढेको, वैदेशिक मुद्राको सञ्चिती राम्रो रहेको लगायतका विषय अर्थ मन्त्रीले बताउनुभएको छ ।