नेकपा माओवादी केन्द्र जुगल गाउपालिका वडा न २को वडा अधिबेशन सम्पन्न

काठमाडौ  सिन्धुपाल्चोक जिल्लामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जुगल गाउपालिका वडा न २ को प्रथम वडा अधिबेशन सम्पन्न भएको छ।

उक्त अधिबेशन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष लाक बहादुर गोलेको अध्यक्षता मा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का केन्द्रीय सदस्य माधब सापकाेटा सुबोध को प्रमूख आथित्यतामा सम्पन भएको छ।

नेता सापकोटा सुबोधले उक्त कार्यक्रम लाई सम्बोधन गर्दै भने समाजको परिवर्तन र विकास नगरिकन सुखी समाज र कल्याणकारी राज्यको स्थापना गर्न तथा समृद्धि हासिल गर्न पनि सकिँदैन ।     

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जुगल गाउपालिका वडा न २ को प्रथम वडा अधिबेशनमा विभिन्न परित्याग गरि दर्जनौं युवाहरु माओवादी केन्द्रमा सिन्धुका युवा नेता माधव सापकाेटाले स्वागत गरेका छन्।

रेशम स्याङबोले भने “भ्रमको खेती छर्दै हिँडने पालिका अध्यक्ष होम नारायण श्रेष्ठ जनताको सेवक होइन शासक बनुभयो। सवै जनतालाई भ्रमको पछि नलाग्न समेत आग्रह गर्नु भएको छ। ५८ लाखको केश फेरि दोहोरिने बताए।

वडा नं २ का वडा अध्यक्ष प्रताप लामा ले भने होम नारायणले विकाश होइन आफ्नो कार्यकर्ता पालेका छन्।
होम नारायणले जनतालाई दबाब धम्की दिदैमा केही नहुने बताए।l

पालिका ईन्चार्ज पदम बहादुर श्रेष्ठ आक्रोशले भने माओवादी पार्टी परिवर्तनको संवाहक हाे निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको छ।

सिन्धपाल्चोक जिल्ला संयोजक चित्र बहादुर तामाङ अभिनाशले भने अब सिन्धुमा ६२’६ ४को वाईसीएल  बनाउने छ ।अवको निर्वाचनमा Ycl विधार्थी संगठनले ठूलो भूमिका खेल्ने बताए।

उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र
केन्द्रीय सदस्य माधब सापकाेटा सुबोधको प्रमूख अतिथी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सिन्धुपालचोक जिल्ला सदस्य, जुगल गाउँपालिका ईन्चार्ज पदम बहादुर श्रेष्ठ आक्रोश, अथिति नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबो, जिल्ला सदस्य बहादुर गोले, पालिका सचिव जग बहादुर तामाङ, अखिल क्रान्तिकारी महिला संगठन सिन्धुपालचोक जिल्ला को अध्यक्ष अम्बिका नेपाल, वाईसीएल  सिन्धुपालचोक जिल्लाको संयोजक चित्र बहादुर तामाङ अभिनाश, जुगल २ को वडा अध्यक्ष प्रताप लामा, विद्यार्थी नेता, युवा नेता महिला दिदि बहिनी लगायतको ३५० जनाको उपस्थितिमा  सम्पन्न भएको छ।