एमालेले पञ्चकन्या वडा न १ र २मा गर्यो कार्यलय स्थापना

काठमाडौ । नेकपा एमालेले पञ्चकन्या गाउँपालिकाको वडा न १ र २ मा कार्यलय स्थापना गरेको छ। त्यस्तै सो पार्टीले शनिबार नै उत्साहपूर्वक वडा नम्बर १ को बानियाँटार र वडा नम्बर २ को पुरानोडाँडामा छुट्टाछुट्टै कार्यक्रम सम्पन्न गरेको छ ।                  सो कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा नुवाकोटकी इन्चार्ज बिन्दा ढुंगाना , जिल्ला कमिटी उपसचिव निलकण्ठ आचार्य, जिल्ला सचिवालय सदस्य तथा पालिका इन्चार्ज दिपक कार्की , जिल्ला कमिटी सदस्य तथा संघीय निर्वाचन क्षेत्र नम्बर १ का सचिव पशुपति थापा लगायतको सहभागिता रहेको थियोे ।                  त्यस्तै कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा जिल्ला निर्वाचन प्रमुख केदार थापा, जिल्ला कमिटी सदस्य तथा अनेमसंघ केन्द्रिय सदस्य मनिका थापा, जिल्ला कमिटी सदस्य तथा अनेमसंघ नुवाकोट अध्यक्ष कल्पना पाण्डे, जिल्ला कमिटी सदस्य तथा वडा नम्बर २ का वडा अध्यक्ष धुर्ब मिश्र, जिल्ला कमिटी सदस्य अम्बिका पौडेल नेपाल ,पालिका अध्यक्ष रामनाथ खनाल, सचिब शिबराम गौतम, देबेन्द्र भण्डारी, पार्टी वडा अध्यक्षहरु वडा नम्बर ३ का राम थापा, वडा नम्बर ४ का राम थापा, वडा नम्बर ५ का वडा अध्यक्ष राम थापा ,सिताराम बिष्ट, लोकनाथ सापकोटा, रामेश्वर कुइकेल, अर्जुन फुयाल, सहदेब कार्की लगायत नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियोे । त्यस्तै वडा नम्बर २ को वडा कार्यालाय स्थापनासँगै गंगा कोइराला संयोजक, कबिता कडेल सह- संयोजक र गोमा थापालाई सचिबमा सर्बसम्मत मनोनीत गर्दै अनेमसंघ पंचकन्या पालिका कमिटी गठन भएको छ । वडा नम्बर २ को कार्यक्रमको सभापतिमा वडा कमिटी अध्यक्ष धर्म कोइरालाले गरेका थिए भने संचालन अमृत वाईवाले गरेको बताइएको छ ।कार्यक्रममा स्वागत मन्तव्य कबिता कडेलले गरेकी थिइन ।