राष्ट्रपति पद आफ्नो लागि प्राथमिकतामा छैन :अध्यक्ष नेपाल

काठमाडौँ, ११ फागुन नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पद आफ्नो लागि प्राथमिकतामा नरहेकाले आदर्शलाई त्याग्न नसक्ने बताउनुभएको छ ।
         पार्टीको बागमती प्रदेश प्रशिक्षक प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले राजनीतिक उपलब्धीको रक्षा र राष्ट्रको समस्या समाधानमा पार्टी केन्द्रीत रहेको
बताउनुभयो ।
देशमा वैदेशिक हस्तक्षेप बढदै गएकाले कम्युनिष्ट शक्ति एकताबद्ध हुनुपर्ने बताउँदै उहाँले छरिएका कम्युनिष्ट शक्तिलाई सहकार्य तथा मोर्चा गरी अगाडि बढनुपर्नेमा जोड दिनुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले राष्ट्रपतिको गरिमा उच्च राख्नुपर्ने भएकाले पात्र छनौटका विषयमा काँग्रेसलगायत दलका सहमतिमा अन्तिम निर्णय लिन छलफल गरिरहेको बताउनुभयो । शक्तिको बाडफाँटमा पार्टीको भूमिका हुनुपर्ने विचार व्यक्त गर्दै उहाँले पछिल्लोपटक विकास भएका राजनीतिक भेटघाट र घटनाक्रमका विषयमा सञ्चार माध्यममा आएका समाचारका पछाडि नलाग्न आग्रह गर्नुभयो ।
नेकपा (एमाले) का अध्यक्ष केपि शर्मा ओलीसँग करिब दुई वर्षपछि आफ्नो भेटवार्ता भएको जानकारी गराउँदै कम्युनिष्ट एकताका साथै राष्ट्रपति निर्वाचनमा सर्वसम्मती पात्र खोज्ने विषयमा सामान्य छलफल भएको प्रष्ट पार्नुभयो।रासस